dosa dosa

महिला वान डे विश्वकपकाे खेल तालिका सार्वजनिक

सोमबार, असार २, २०८२

काठमाडौं :आगामी आईसीसी महिला एकदिवसीय विश्वकपको खेल तालिका सार्वजनिक भएको छ। भारत र पाकिस्तानबीचको बहुप्रतीक्षित खेल अक्टोबर ५ मा श्रीलङ्काको कोलम्बोमा हुनेछ।

सन् २०१३ पछि पहिलोपटक भारतले महिला एकदिवसीय विश्वकपको आयोजना गर्न लागेको हो। प्रतियोगिता सेप्टेम्बर ३० बाट सुरु भई नोभेम्बर २ सम्म सञ्चालन हुनेछ। भारतमा हुने खेलहरू बेङ्गलुरु, गुवाहाटी, इन्दोर र विशाखापट्टनममा तय गरिएको छ।

भारत–पाकिस्तान खेल तटस्थ स्थलमा हुनुको कारण भारत–पाकिस्तानबीचको कूटनीतिक सम्बन्धमा रहेका समस्याका कारण हो। दुबै मुलुकबीच भएको हाइब्रिड मोडल सम्झौताअनुसार पाकिस्तानले आफ्ना सबै खेल कोलम्बोमा खेल्नेछ। यसअघि च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तानका खेल यूएईमा खेलेको थियो।

प्रतियोगितामा आयोजक भारतसँगै अष्ट्रेलिया, इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, श्रीलङ्का, बङ्गलादेश र पाकिस्तान सहभागी हुनेछन्। पहिलो सेमिफाइनल गुवाहाटी वा कोलम्बोमा र फाइनल बेङ्गलुरु वा कोलम्बोमा हुनेछ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्