सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत नेपालले (आज)सोमबार नेदरल्यान्ड्ससँग पहिलो खेल खेल्दैछ।
नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्।
सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराइसकेको छ। त्यसैले आजको खेल दुवै टिमका लागि महत्त्वपूर्ण छ।
नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिसकेको छ। चोटका कारण सोमपाल कामी र गुलसन झाले सिरिज गुमाउँदा किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंहले राष्ट्रिय टिमबाट खेल्ने मौका पाएका छन्।
नेपालले हालै सम्पन्न विश्वकप लिग–२ मा उत्कृष्ट प्रदर्शन गर्दै चार खेलमा तीन जित निकालिसकेको छ। लिग–२ पछिको यो टी–२० सिरिज नेपाली टोलीका लागि पुनः लय कायम राख्ने अवसर पनि हो।
नेपाली टोली कप्तान: रोहित पौडेल खेलाडीहरू: आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, रिजन ढकाल, किरन ठगुन्ना, लोकेश बम, रुपेश सिंह, आरिफ शेख।