hERO hERO

मेलम्ची र माइटी साँगाचोकको खेल सुपर ओभरमा 

आइतबार, असार १, २०८२


काठमाडौँ : सिन्धुपाल्चोक जिल्ला स्तरीय पाँचपोखरी टि-२० क्रिकेट प्रतियोगिताको दोस्रो सेमीफाइनल खेल सुपर ओभरमा धकेलिएको छ।

वर्षाका कारण १० ओभरमा झारेर खेलाइएको खेलमा पहिले ब्याटिङ गरेको द माइटी साँगाचोक क्लबले आठ विकेटको क्षतिमा ८१ रन बनाएपछि ८२ रनको विजय लक्ष्य पछ्याउने क्रममा मेलम्ची नगरपालिकाले पाँच विकेटको क्षतिमा ८१ रन नै बनाएपछि खेल सुपर ओभरमा पुगेको हो। 

यस खेलको विजेताले उपाधिका लागि भोलि पाँचपोखरी क्रिकेट क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्