के तपाईंलाई थाहा छ? टेम्बा बावुमा नामको अर्थ के हो?

आइतबार, असार १, २०८२

काठमाडौँ : २७ वर्षपछि दक्षिण अफ्रिकाले कुनै आईसीसी ट्रफी जितेको ऐतिहासिक क्षणमा कप्तान टेम्बा बावुमा नेतृत्वमा रहेको टोलीले अष्ट्रेलियालाई ५ विकेटले हराउँदै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको हो। फाइनलमा एडन मार्करमले ऐतिहासिक शतक प्रहार गर्दै जित सुनिश्चित गरे।

अब टेम्बा बावुमाको नाम सामाजिक सञ्जालदेखि गुगलसम्म चर्चाको विषय बनेको छ। धेरैलाई जिज्ञासा छ — ‘टेम्बा’ नामको अर्थ के हो?

हजुरआमाले राखिदिएको नाम – जसको अर्थ छ 'आशा'
बावुमा स्वयंले बताए अनुसार, उनको नाम उनकी हजुरआमाले राखेकी थिइन्। ‘टेम्बा’ दक्षिण अफ्रिकी भाषामा ‘Hope’ अर्थात् ‘आशा’ भन्ने अर्थ दिन्छ। एक यस्तो व्यक्ति जो अरूका लागि प्रेरणा र आशाको प्रतीक होस् भन्ने चाहनासहित उनले यो नाम पाएका हुन्।

रिकर्ड ब्रेक कप्तानी
सन् २०२३–२५ को WTC साइकलमा कप्तानी सम्हालेका बावुमाले अहिलेसम्म एकपटक पनि टेस्ट हारेका छैनन्।

  • १० मध्ये ९ टेस्टमा विजय
  • १ खेल बराबरी
  • पहिलोपटक ICC टेस्ट उपाधि

कप्तानका रूपमा उनको रणनीति, धैर्यता र लयले दक्षिण अफ्रिकाको क्रिकेटमा नयाँ युगको शुरुआत गराएको छ।

नाम र नेतृत्व दुवैमा ‘आशा’ देखियो
बावुमा केवल कप्तान होइनन्, उनी अब दक्षिण अफ्रिकी क्रिकेटका लागि एक प्रतीक बनेका छन्। उनको नाममा रहेको 'आशा' आज करोडौं क्रिकेटप्रेमीको भावनासँग जोडिएको छ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १७:३१
प्रतिक्रिया दिनुहोस्