dosa dosa

वर्षा बाधक बन्दा पाँचपोखरी फाइनलमा,भोटेचौर बाहिरियो

आइतबार, असार १, २०८२

काठमाडौँ :आयोजक पाँचपोखरी क्रिकेट क्लब पाँचपोखरी टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिmाइनलमा आज भोटेचौर स्पोर्टस क्लबबीरुद्ध खेल्ने तालिका भएपनि बर्षा बाधक बन्दा खेल टस समेत हुन नसकी रद्द भएको हो । खेल रद्द हुँदा पाँचपोखरी अंक तालिकाको शीर्ष स्थानमा रहेकै आधारमा फाइनलमा पुगेको हो । खेल रद्द हुँदा भोटेचौर स्पोर्टस क्लबलाई ठूलो घाटा लागेको छ । भोटेचौरले खेल्दै नखेली प्रतियोगिता अन्त्य गरेको छ ।

दोस्रो सेमिफाइनलमा अहिले मेलम्ची नगरपालिका र समुह “ए“को दोस्रो स्थानमा रहेको द माईटी साँगाचोक क्लबबीच प्रतिस्पर्धा भईरहेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा जारी खेलको विजेताले भोली फाइनलमा उपाधिकालागि पाँच पोखरीसंग खेल्ने छ । 
 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १७:१३
प्रतिक्रिया दिनुहोस्