dosa dosa

टी–२० सिरिज आजबाट स्कटल्याण्डमा सुरु

आइतबार, असार १, २०८२

काठमाण्डौँ : त्रिकोणात्मक टी–२० सिरिज आजबाट स्कटल्याण्डमा सुरु हुँदैछ ।

नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजको उद्दघाटन खेलमा आज स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे शुरु हुनेछ । स्कटल्याण्ड र नेदरल्याण्ड्स अहिलेसम्म टी–२० खेलमा १५ पटक आमने सामने भएका छन् । जसमा स्कटल्याण्डले ८ खेल जितेको छ भने नेदरल्याण्ड्स ७ खेलमा विजयी भएको छ ।

सिरिजमा भोलि नेपाल र नेदरल्याण्ड्स, त्यस्तै मंगलबार नेपाल र स्कटल्याण्ड, बुधबार स्कटल्याण्ड र नेदरल्याण्ड्स, विहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ ।
 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्