dosa dosa

पाँचपोखरी टि–२० :फाइनल पुग्न भोटेचौर र पाँचपोखरी भिड्दै

आइतबार, असार १, २०८२

काठमाडौँ :पाँचपोखरी टि–२० क्रिकेट प्रतियोगितामा आज सेमिफाइनलका दुई खेलहरु हुने भएका छन् ।

आज हुने पहिलो सेमिफाइनलमा समुह 'ए' को शीर्ष स्थानमा रहेको पाँचपोखरी क्रिकेट क्लब र समुह बीकै दोस्रो स्थानमा रहेको भोटेचौर स्पोर्टस क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टालीबीचको खेल बिहान ९ बजे त्रिवि क्रिकेट मैदान किर्तिपुरमा सुरु हुनेछ । विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ ।

आजै हुने दोस्रो सेमिफाइनलमा समुह 'बी'को शीर्ष स्थानमा रहेको मेलम्ची नगरपालिका र समुह "ए"को दोस्रो स्थानमा रहेको द माईटी साँगाचोक क्लबबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल त्रिवि क्रिकेट मैदान किर्तिपुरमा दिउँसो १ वजे सुरु हुनेछ ।

बिजेताले फाइनलमा पाँच पोखरी र भोटेचौरबीचको बिजेतासंग खेलनेछ । जारी प्रतियोगितामा सिन्धुपाल्चोकका सात टोलीहरुले सहभागिता जनाएका छन् । तर काठमाडौंमा विहानबाट वर्षा सुरु भएकोले खेलमा वाधा पुग्ने देखिन्छ ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  ०६:००
प्रतिक्रिया दिनुहोस्