ADD FOR WEBSIDE ADD FOR WEBSIDE

कोलकातासामु हैदरावादले दियो ११४ रनको लक्ष्य 

आइतबार, जेठ १३, २०८१

काठमाडौँ : ईण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि जित्न सनराइजर्स हैदरावादले कोलकाता नाईट राईडससामु ११४ रनको मध्यम लक्ष्य दिएको छ । एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस जितेर सुरुवाती ब्याटिङ थालेको हैदरावाद १८.३ ओभरमा ११३ रनमा अलआउट भयो ।

हैदराबादका लागि कप्तान प्याट कमिन्सले सर्वाधिक २४ रनको योगदान गरे । एडेन मार्करामले २०, हेनरिक क्लासेनले १६ तथा नितिश कुमार रेड्डीले १३ रन जोडे । हैदरावादलाई सस्तैमा समेट्ने क्रममा आन्द्रे रसेलले सवर्काधिक ३ विकेट लिए ।मिचेल स्टार्क र हर्षित रानाले २/२ विकेट लिए । १५ औं ओभरमा ९० रन बनाउँदा आठौं विकेट गुमाईसकेको हैदरावादको ईनिङ पाट कमिन्सले उकासेका थिए । आईपीएलको फाइनल खेलमा हैदरावादले बनाएकाे यो सबैभन्दा कम स्कोर हो ।

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  २१:२९
प्रतिक्रिया दिनुहोस्