dosa dosa
विश्व टेस्ट च्याम्पियनशिप

२७ वर्षपछि दक्षिण अफ्रिकालाई अन्तर्राष्ट्रिय उपाधि

पहिलो पटक वल्र्ड टेस्ट च्याम्पियन
शनिबार, जेठ ३१, २०८२

काठमाडौँ :दक्षिण अफ्रिकाले २७ वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी ) को उपाधि जितेको छ । आज भएको विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै ऐतिहासिक जित दर्ता गरेको हो ।एडेन मार्करमले फाइनलको नायक बनेर २०७ बलमा १३६ रनको शतकीय पारी खेले।

टेम्बा बावुमाको कप्तानीमा दक्षिण अफ्रिकाले २८२ रनको लक्ष्यलाई मात्र ५ विकेट गुमाएर पूरा गर्यो । बावुमाले पनि महत्वपूर्ण ६६ रन बनाए।
खेलको सुरुआत भने चुनौतीपूर्ण रह्यो। ओपनर रियान रिक्ल्टन ६ रनमा आउट भए भने भियन मुल्डरले २७ रन बनाएर फर्किए। त्यसपछि मार्करम र बावुमाबीच तेस्रो विकेटका लागि १४७ रनको साझेदारी भयो, जसले खेल दक्षिण अफ्रिकाको पक्षमा ल्यायो।

मार्करम जब आउट भए, टोलीलाई जितका लागि केवल ६ रन चाहिएको थियो। उनको पारीमा १४ चौका समावेश थिए। यो जितसँगै दक्षिण अफ्रिकाले बल्ल आइसीसीको टेस्ट च्याम्पियन बन्ने सपना साकार पारेको छ । 

सन् १९९८ मा च्याम्पियन्स ट्रफी जिते यता दक्षिण अफ्रिकाले आईसीसीको कुनै पनि उपाधी जित्न सकेको थिएन ।

 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्