T10 T10

यु-१६ राष्ट्रिय क्रिकेटमा मधेश प्रदेश च्याम्पियन

शनिबार, जेठ ३१, २०८२
Global

काठमाडौँ : यु-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ।

सुर्खेतको कालिन्चोक क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा मधेशले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै उपाधि उचालेको हो।

बागमतीले दिएको ११२ रनको लक्ष्य मधेशले १३.४ ओभरमा ३ विकेट गुमाउँदै सहजै पूरा गर्‍यो। मधेशको जितमा सन्तु मण्डलले अविजित ४३ रन तथा आयान मुखियाले २९ रनको योगदान गरे। सुशान्त सिंहले १२ रन बनाए भने परिमार्जन यादव र माहि यादवले समान ४–४ रन जोडे।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बागमती प्रदेशले ३३ ओभरमै सबै विकेट गुमाउँदै ११२ रन मात्र बनाउन सक्यो। उसका लागि प्रशिद्ध जैशीले सर्वाधिक २५ रन बनाए। आशिष गुप्ताले १७ तथा सुर्याशुं कोईरालाले १० रन बनाएपनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १५:००
प्रतिक्रिया दिनुहोस्