सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :पाँचपोखरी टि–२० क्रिकेट प्रतियोगितामा मेलम्ची नगरपालिकाले लगातार दोस्रो जित निकालेको छ ।
आज भएको खेलमा हेलम्बु गाउँपालिकालाई सात विकेटले हराउँदै मेलम्चीले दोस्रो जित निकालेको हो । जितकालागि हेलम्बुले दिएको ७६ रनको लक्ष्य मेलम्चीले ११.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । मेलम्चीको जितका सोनु देवकोटाले नटआउट ४१ तथा बिनोद तामाङले २१ रन जोडे । रिन्जीङ लामाले ११ रन बनाउँदा उत्तम थापा मगर र अभिनन्दन भट्टराईले खाता नै खोल्न सकेनन् ।
त्यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर ब्याटिङ थालेको हेलम्बु १५.१ ओभरमा ७५ रनमा अलआउट हुनपुग्यो । उसकालागि बिबेक तामाङले सर्वाधिक ३२ तथा बिनोद तामाङले २४ रन बनाएपनि अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।
हेलम्बुलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ मेलम्चीका सोनु देवकोटाले सर्वाधिक ७ विकेट लिए । रिन्जीङ लामाले दुई तथा उत्तम थापा मगरले एक विकेट हात पारे । जितसंगै समुह बी को शीर्ष स्थानमा रहेको मेलम्चीले ४ अंक जोडेको छ । प्रतियोगितामा हेलम्बु जित बिहिन छ ।
सिन्धुपाल्चोकका ७ टिम सहभागी प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सात टोलीलाई दुई समुहमा विभाजन गरिएको छ ।
यस्तो बन्यो समुह 'बी' को अंकतालिका :