सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल क्रिकेट संघ (क्यान) ले स्कटल्यान्डमा हुने त्रिकोणात्मक टि–२० सिरिजका लागि तीन नयाँ खेलाडी स्कटल्यान्ड पठाएको छ। किरण ठगुन्ना, लोकेश बम र रुपेश सिंह आज बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्।
यसअघि लिग २ अन्तर्गत स्कटल्यान्डमा भएको त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि मात्र १५ सदस्यीय टोली पठाइएको थियो। तर, लिग २ सकिएपछि हुने टि–२० आइ सिरिजका लागि थप तीन खेलाडीको घोषणा गरिएको भए पनि उनीहरू त्यसबेला टोलीमा सामेल भएका थिएनन्।
टि–२० श्रृंखलाअघि प्रशिक्षणका क्रममा दुई मुख्य अलराउन्डर सोमपाल कामी र गुल्शन झा घाइते भएपछि टोलीबाट बाहिरिएका छन्। सोमपालको कुहिनो र गुल्शनको घुँडामा चोट लागेको हो। उनीहरू टि–२० खेल्न असमर्थ भएपछि नेपाल फर्किएका छन्।
क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार घाइते खेलाडीहरूको स्थानमा किरण, लोकेश र रुपेशलाई प्रतिस्थापन गरिएको हो।