dosa dosa

पाँचपोखरी टि–२० :मेलम्ची र हेलम्बु भिड्दै

शनिबार, जेठ ३१, २०८२

काठमाडौँ :पाँचपोखरी टि–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज एक मात्र खेल हुने भएको छ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा बिहान ९ बजे हुने खेलमा मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । समुह 'बी'को पुछारमा रहेको हेलम्बु पहिलो जितको खोजिमा हुनेछ । समुह 'बी' को शीर्ष स्थानमा रहेको मेलम्ची दोस्रो जित निकाल्न चाहान्छ ।

सिन्धुपाल्चोकका ७ टिम सहभागी प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सात टोलीलाई दुई समुहमा विभाजन गरिएको छ । 
यस्तो छ अंक तालिका: समुह 'ए' 

स्थान टोली खेल जित हार अमान्य बराबरी अंक जीत % नेट रनरेट बनाएको रन / ओभर विपक्षी रन / ओभर
पाँचपोखरी क्रिकेट क्लब १००% +३.१५०० १३५/२० ७२/२०
द माइटी साँगाचोक क्लब ६६.६७% +०.६२७४ ३४५/५१.४ ३६३/६०
पाँचपोखरी हिमालयन क्रिकेट क्लब ५०% −०.८९८९ २३७/३९.१ २७८/४०
साँगाचोक युथ क्लब ०% −१.६०८८ १९९/४० २०३/३०.५

समुह 'बी' :

स्थान टोली खेल जित हार अमान्य बराबरी अंक जीत % नेट रनरेट बनाएको रन / ओभर विपक्षी रन / ओभर
मेलम्ची नगरपालिका १००% +१.१५०० १४६/२० १२३/२०
भोटेचौर स्पोर्ट्स क्लब ५०% −०.६३७५ १८६/२६.४ २०३/२६.४
हेलम्बु गाउँपालिका ०% −०.९००० ५७/६.४ ६३/६.४

 

 

 

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  ०७:१९
प्रतिक्रिया दिनुहोस्