सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाण्डौ :आईसीसी विश्व टेस्ट च्याम्पियनशिप–२०२५ को फाइनलमा दक्षिण अफ्रिका उपाधि नजिक पुगेको छ। अष्ट्रेलियाविरुद्ध जारी फाइनलमा एडेन माक्ररमको शतकीय इनिङले दक्षिण अफ्रिकालाई बलियो स्थितिमा पुर्याएको हो।
२८२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले तेस्रो दिनको खेल सकिँदासम्म २ विकेटको क्षतिमा २१३ रन जोडिसकेको छ। माक्ररम १०२ रनमा अविजित छन् भने कप्तान टेम्बा बभुमा ६५ रनमा क्रिजमा छन्। अब दक्षिण अफ्रिकालाई जितका लागि केवल ६९ रन आवश्यक छ, र उसँग अझै ८ विकेट बाँकी छन्। साथै, खेलमा दुई दिन बाँकी नै छन्।
यसअघि, अष्ट्रेलियाले पहिलो र दोस्रो इनिङमा गरेर कुल २८२ रन बनाएको थियो। यस खेलसँगै टेस्ट च्याम्पियनशिपको इतिहासमा तेस्रो उपाधि पाउने टिम टुंगो हुने सम्भावना बलियो देखिएको छ। पहिलो संस्करणमा न्युजिल्यान्डले भारतलाई पराजित गर्दै उपाधि जितेको थियो भने दोस्रो संस्करणमा अष्ट्रेलियाले भारतमाथि जित निकाल्दै च्याम्पियन बनेको थियो।