dosa dosa

यु -१६ क्रिकेट : उपाधिका लागि बाग्मति र मधेश भीड्दै

शनिबार, जेठ ३१, २०८२

सुर्खेत :वीरेन्द्रनगरमा जारी टीबी स्मृति प्रथम राष्ट्रिय यु -१६ क्रिकेट प्रतियोगितामा बाग्मति प्रदेश र मधेश प्रदेशबीच उपाधि भिडन्त हुने भएको छ।

फाइनल खेल शनिबार बिहान ९ बजे कालुङचोक मैदानमा हुनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै बाग्मति प्रदेश अंक तालिकाको शीर्ष स्थानमा रहँदै उपाधिको बलियो दावेदार बनेको हो। उसले कुल ६ खेलमध्ये ५ खेलमा जित निकाल्दै १० अंकसहित शिर्षस्थानमा स्थान बनाएको हो। दोस्रो स्थानमा रहेको मधेश प्रदेशले ४ जित र २ हारसहित ८ अंक जोड्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

यसैबीच शुक्रबार भएको अन्तिम लिग खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई २९ रनले हराएको छ। टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले रविन भण्डारीको सर्वाधिक २६ रनको मद्दतमा १८.५ ओभरमा १०४ रन बनायो।

लुम्बिनीका लागि प्रिन्स पलले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने लक्ष्मण कुमाल र प्रेमसागर यादवले समान २/२ विकेट झारे। दक्ष ठाकुर र शोएब मल्लिक मुसलमानले १/१ विकेट लिए।

१०५ रनको लक्ष्य पछ्याउन ओर्लिएको लुम्बिनीको सुरुवात कमजोर रह्यो। ओपनर समिर अली मुसलमान २ रनमा बोल्ड आउट भए भने प्रतियोगितामा दोहोरो शतक बनाएका रौनक श्रीवास्तव शून्य रनमै आउट भए।

लुम्बिनीको टोली १८.२ ओभरमा जम्मा ७५ रनमै समेटियो। उसका लागि रविन भण्डारीले २६, सचित भट्टले १६, आयूष चन्दले १२ र शुशील रावलले १० रन बनाए।

यस हारसँगै लुम्बिनी प्रतियोगिताबाट बाहिरिएको छ भने बाग्मति र मधेशबीचको फाइनल खेलले प्रतियोगिताको उपाधि निर्धारण गर्नेछ।

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  ०६:५५
प्रतिक्रिया दिनुहोस्