सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
सातौं संस्करणको पाँचपोखरी टि-२० क्रिकेट प्रतियोगितामा द माइटी साँगाचोक क्लब विजय भएको छ। प्रतियोगिताको आज दोस्रो दिनको पहिलो खेलमा पाँचपोखरी हिमालयन क्रिकेट क्लब लाई ४३ रनले पराजित गरेको हो। द माइटी साँगाचोकले दिएको १७६ रनको लक्ष्य पछाएको पाँचपोखरी हिमालयनले १९.५ खबरमा अलआउट हुँदै १३२ रन मात्र बनाउन सक्यो ।
पाँचपोखरीका सुमन सुनुवारले सर्वाधिक २८ तथा राजु लामाले नटआउट २६ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले सम्झना लायक प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ साँगाचोकका उद्धव तिमल्सिनाले सर्वाधिक तीन तथा सविन गिरीले दुई विकेट हात पारे ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको द माइती साँगाचोकले ओपनर अशोक पौडेलको शतकीय पारीको मद्दतमा निर्धारित २० ओभर मा पाँच विकेट गुमाउँदै १७५ रन बनाएको थियो। ६५ बलको सामना गरेका पौडेलले १६ चौका र एक छक्का प्रहार गर्दै १०१ रन बनाएको हो। यो नै यस प्रतियोगिताको पहिलो शतक समेत हो। पाँचपोखरीका दावा लामाले सर्वाधिक ३ तथा कर्मातामाङ र अरभ तामाङले एकएक विकेट हात लिए ।
पहिलो खेलमा पाँचपोखरी क्रिकेट क्लबसँग ६३ रनले पराजित भएको द माइटीले दोस्रो खेलमा भने उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो। पाँचपोखरी हिमालयन क्लबले भने हिजो पहिलो खेलमा साँगाचोक युथ क्लबलाई एक विकेटले हराएको थियो।
अब आजको दोस्रो खेलमा साँगाचोक युथ क्लब र पाँचपोखरी क्रिकेट क्लब बीच प्रतिस्पर्धा हुने तालिका रहेको छ। खेल दिउँसो १ बजेबाट सुरु हुनेछ।