सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
पाँचपोखरी क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा पाँचपोखरी भेताङ क्रिकेट टिम र द माइटी साँगाचोक बिच बिहन ९ बजे प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा साँगाचोक युथ क्लव र पाँचपोखरी क्रिकेट क्लव बिच खेल हुने तालिका रहेको छ ।
हिजो मंगलबारबाट टियू क्रिकेट मैदान क्रितिपुरमा सुरु भएको प्रतियोगितामा आयोजक टोली र पाँचपोखरी हिमालयन क्रिकेट क्लबले विजयी सुरुवात गरेका थिए । प्रतियोगिताको पहिलो खेलमा पाँचपोखरी क्रिकेट क्लबले द माइटी साँगाचोक क्लबलाई ६३ रनले पराजित गरेको थियो । १ सय ३६ रनको लक्ष्य पछ्याएको साँगाचोकले १६ दशमलव ४ ओभरमा ७२ रनमा सबै विकेट गुमायो ।
साँगाचोकका लागि सुमन चौलागाईं र प्रतिक श्रेष्ठले समान १३ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पाँचपोखरीका कप्तान सार्थक धितालले २ तथा विजयकुमार धिताल, भुवन खड्का, रोशन विक, मनोज खड्का तथा निशान्त धितालले समान १ विकेट लिए ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पाँचपोखरीले निर्धारित २० ओभरमा १० विकेट गुमाएर १ सय ३५ रनको योगफल तयार गर्यो । पाँचपोखरीका रोशन विकले ४८ तथा बुद्धि तामाङले ३९ रन जोडे । साँगाचोकका लागि सुमन चौलागाईंले ४ तथा मनिष पराजुली, उद्धब तिमिल्सिना र निकेश श्रेष्ठले समान १ विकेट लिए ।
यस्तै आजै भएको अर्को खेलमा पाँचपोखरी हिमालयन क्लबले साँगाचोक युथ क्लबलाई १ विकेटले पराजित गर्यो । १ सय ४ रनको लक्ष्य हिमालयनले १९.१ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । हिमालयनका लागि कर्मा तामाङले २१ तथा सानी तामाङले १४ रन जोडे । साँगाचोकका रित गौतमले ३, सौरव सखाकर्मी र रवि श्रेष्ठले समान २ तथा राज नेपालीले १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साँगाचोकले १७.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३ रन जोडेको थियो । साँगाचोकका लागि सौरब सखाकर्मीले ७४ रन बनाउँनु बाहेक अन्यले दोहारो अंकमा रन बनाउँन सकेनन् । हिमालयनका लागि अभिनास तामाङ र सनी तामाङले समान ३ तथा कप्तान दावा लामा र पेम्बा तामाङले समान १ विकेट लिए ।