सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :आईसीसी एकदिवसीय विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेदरल्याण्ड्सविरुद्ध भइरहेको खेलमा नेपालले १० पेनाल्टी रन सस्तोमा गुमाएको छ।
नेपाली ब्याटर बसिर अहमदले पिचमा पटक–पटक कुदेपछि म्याच अम्पायरले नेदरल्याण्ड्सलाई दुईपटक ५–५ गरी जम्मा १० रन पेनाल्टी स्वरूप प्रदान गरेका हुन्।
आइसिसीको नियमअनुसार पिचमा कुद्नु गम्भीर उल्लंघनमा पर्छ। सातौं क्रममा ब्याटिङ गर्न आएका बसिरले २५ बलमा ११ रन बनाउँद खेल नियमलाई दुईपटक तोडे। जसको प्रत्यक्ष असर नेपालको स्कोरमा परेको हो।
यसरी बसिरको लापरवाहीले विपक्षी टोलीलाई फाइदा पुग्दा नेपालको मेहनतमा असर परेको छ। अब नेदरल्याण्ड्सको इनिङ्स सुरु हुनु अघि नै स्कोरबोर्डमा १० रन थपिनेछ।
सिरिजको अन्तिम खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो। खेलको पछिल्लो अवस्थामा नेपालले ४५ ओभरमा ६ विकेट गुमाएर २०३ रन बनाएको छ। आरिफ शेख ६४ रनमा अविजित छन् र उनले नेपालको पारीलाई सम्हालिरहेका छन्।
यो घटना नेपाली टोलीका लागि चेतावनीपूर्ण पनि हो, जहाँ नियमपालनको अभावले खेलमै असर पुर्याउन सक्छ।