ADD FOR WEBSIDE ADD FOR WEBSIDE

अमेरिकाविरुद्ध बङ्गलादेशको सान्त्वना जित

आइतबार, जेठ १३, २०८१

काठमाडौँ :अमेरिकासंगको टी–२० सिरिजमा बङ्गलादेशले सान्त्वना जित निकालेको छ । शनिवार राती भएको खेलमा बङ्गलादेशले अमेरिकालाई १० विकेटले पराजित गरेको हो ।

जितकालागि अमेरिकाले दिएको १०९ रनको लक्ष्य बङ्गलादेशले ११.४ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्यो । बङ्गलादेशको जितमा तान्जिद हसनले सर्वाधिक ५८ रनको योगदान गरे ।

सौम्य सरकाले ४३ रन जोडे । त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको अमेरिकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०४ रन बनाएको थियो ।

तीन खेलको श्रृखंला भने यसअघि नै अमेरिकाले जितिसकेको छ । पहिलो खेलमा अमेरिका  ५ विकेट तथा दोस्रो खेलमा  ६ रनले विजयी भएको थियो । 
 

प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्