dosa dosa

नेपालले नेदरल्यान्ड्सलाई दियो २३७ रनको लक्ष्य 

मंगलबार, जेठ २७, २०८२

काठमाडौँ :आइसिसी विश्वकप लिग–२ क्रिकेटमा नेपालले नेदरल्यान्ड्ससामु २३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिलमा टस हारेपछि पहिले ब्याटिङमा तानिएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाएर २३६ रन बनायो । नेपालकालागि आरिफ शेखले सर्वाधिक ८४ रनको योगदान गरे । कप्तान रोहित पौडेल र भीम सार्कीले समान ३५–३५रन बनाउँदा कुशल भुर्तेलले १८ रन जोडे । बसिर अहमद र करण केसीले ११–११ रन बनाए ।

नेपाली टोलीमा आज तीन खेलाडी परिवर्तन गरिएको छ । अभ्यासका क्रममा घाइते भएपछि सोमपाल कामी र गुल्सनकुमार झा आजको खेल खेल्नबाट वञ्चित भएका छन् । उनीहरूको स्थानमा नन्दन यादव र बसिर अहमदलाई मौका दिइएको छ । दायाँ हाते तीव्र गतिका बलर नन्दनले आजैको खेलबाट एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् ।

त्यसैगरी, ओपनर एवं विकेटकिपर आसिफ शेखको स्थानमा अनिल साहलाई खेलाइएको छ ।

आज नेपाल तेस्रो जितको खोजीमा छ । यसअघि नेपालले स्कटल्यान्डलाई एक विकेटले तथा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो । 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १९:४२
प्रतिक्रिया दिनुहोस्