सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा अहिले नेपाल र नेदरल्यान्ड्सविच प्रतिस्पर्धा भईरहेको छ ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस हारेपछि नेपालले सुरुवाती ब्याटिङ गरिरहेको छ । यो समाचार तयार पार्दा सम्म नेपालले १८ ओभरको खेल सकिँदा २ विकेटको क्षतिमा ८० रन बनाएर खेलिरहेको छ । नेपालका कुशल भुर्तेल १८ तथा अनिल शाह २ रनमा आउट भएका छन् । क्रिजमा अहिले कप्तान रोहित पौडेल र भीम सार्की छन् ।
अभ्यासका क्रममा सोमपाल कामी र गुल्सनकुमार झा घाईते भएपछि नेपाली टोलीमा आज तीन खेलाडी परिवर्तन गरिएका छन् । उनीहरूको स्थानमा नन्दन यादव र बसिर अहमदलाई मौका दिइएको छ ।
दायाँ हाते तीव्र गतिका बलर नन्दनले आजैको खेलबाट एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका छन् । ओपनर एवं विकेटकिपर आसिफ शेखको स्थानमा अनिल साहलाई खेलाइएको छ ।