diwpawali diwpawali

प्रधानमन्त्री ओलीले निरीक्षण गरे त्रिवी मैदान प्यारापिटको निरीक्षण

आइतबार, जेठ २५, २०८२

काठमाडौँ :प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको निरीक्षण गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान) द्वारा अगाडि बढाइएको निर्माण कार्यको अवलोकन गर्न प्रम ओली आज कीर्तिपुर पुगेका हुन्।

क्रिकेट मैदानको प्यारापिट निर्माणको काम गत फागुनदेखि सुरु गरिएको हो। यो काम बीकेओआई–केसीडीसी–बिजी जेभीले रु. ४३ करोड ७७ लाखको लागतमा पाएको हो। निर्माण कार्य वैशाख २४ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो, तर तोकिएको समयमा काम पूरा नभएको देखिएको छ।

काममा ढिलाइ भएकोप्रति असन्तुष्टि जनाउँदै प्रधानमन्त्री ओलीले निर्माण प्रक्रिया छिटो टुंग्याउन निर्देशन दिएका छन्।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  १७:१७
प्रतिक्रिया दिनुहोस्