dosa dosa

पुरस्कार माग्दा टिमबाट हटाइए, खेलाडीको जीवन अस्तव्यस्त

आइतबार, जेठ २५, २०८२

काठमाडौँ :गत वर्ष क्यारेबियनमा सम्पन्न पुरुष टी-२० विश्वकपमा भाग लिएको ओमान राष्ट्रिय टोलीका खेलाडीहरू अझै पनि पुरस्कार राशिबाट वञ्चित छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले प्रतियोगितामा १३औं देखि २०औं स्थानमा समाप्त गर्ने टोलीका लागि छुट्याएको अमेरिकी डलर २,२५,००० झण्डै (करीब ३ करोड रुपैयाँ) ओमान क्रिकेट बोर्डले खेलाडीहरूलाई नदिएको आरोप लागेको छ । 

विश्वकपको एक वर्ष बितिसक्दा पनि उक्त रकम नपाएपछि अधिकांश खेलाडीहरू टिम बाहिरिएका छन्, केही देश छाड्न बाध्य भएका छन् भने धेरैले क्रिकेट करियर नै गुमाएको बताएका छन्।

टोलीका पूर्व शीर्षक्रमका ब्याट्सम्यान कश्यप प्रजापति अहिले अमेरिकामा छन्। उनले एक अन्तर्वाका क्रममा भनेका छन् । “हामीले खेलबाट प्राप्त गर्नुपर्ने रकम अझै नपाउँदा जीवन नै संकटमा परेको छ। टिमबाट निकालियो, रोजगारी गुम्यो, देश नै छाड्नुपर्यो ।“

“हामीले खेलबाट प्राप्त गर्नुपर्ने रकम अझै नपाउँदा जीवन नै संकटमा परेको छ। टिमबाट निकालियो, रोजगारी गुम्यो, देश नै छाड्नुपर्यो ।“

आइसीसीले  रकम दिएको पुष्टि, तर खेलाडीले केही पाएनन्

आइसीसीका अनुसार, ओमान क्रिकेट बोर्डलाई उक्त रकम प्रतियोगिता सकिएको २१ दिनभित्रै खेलाडीहरूलाई दिनुपर्ने थियो। तर, खेलाडीहरूले अहिलेसम्म एक रुपैयाँ पनि नपाएको बताएका छन्।

प्रजापति भन्छन्, “हामीलाई यो रकमको जानकारी नै थिएन, मिडियाबाट मात्र थाहा पायौं। २०२१ को विश्वकपमा पनि रकम दिइएन, त्योबेला त थाहा पनि थिएन हामीलाई केही आउँछ भनेर।“

हामीलाई यो रकमको जानकारी नै थिएन, मिडियाबाट मात्र थाहा पायौं। २०२१ को विश्वकपमा पनि रकम दिइएन, त्योबेला त थाहा पनि थिएन हामीलाई केही आउँछ भनेर।“

समूहगत प्रतिरोधपछि टोलीबाटै  हटाइए खेलाडी
खेलाडीहरूले पहिलोपटक गत सेप्टेम्बरमा क्यानडामा भएको त्रिकोणात्मक सिरिजको क्रममा यो विषय उठाएका थिए। नेपाली र क्यानाडाली खेलाडीहरूले आफूहरूले पनि केही संघर्षपछि रकम पाएको बताएपछि ओमानी खेलाडीहरूले पनि आवाज उठाए।

पुनः अक्टोबरमा ओमानमै भएको टी–२० इमर्जिङ टिम्स एशिया कपअघि खेलाडीहरूले सामूहिक रूपमा बोर्डसँग कुरा उठाएका थिए । उनीहरूले खेल बहिष्कारको चेतावनी दिएपछि बोर्डले नयाँ टोली चयन गर्दै पुराना १५ जनालाई नै टोलीबाट हटाएको थियो । त्यसबेला खेलाडीहरूले होटल खाली गर्नुपर्यो भने  अधिकांश खेलाडी ओमानै छाड्न बाध्य भएका थिए । 

रोजगारीसँगै देश नै गुम्यो

ओमानमा काम र बसोबास भिसा रोजगारमा आधारित हुने भएकाले टिमबाट निकालिएपछि धेरै खेलाडीको भिसा र रोजगारी पनि खारेज भएको छ । पाँच वर्ष ओमानका लागि ३० एकदिवसीय र ४७ टी२० अन्तर्राष्ट्रिय खेल खेलेका फैयाज बट्टले भने, “अब म बेरोजगार छु, अवसर खोज्दैछु। हाम्रो क्रिकेट करियर सकिएको छ।“

कार्बाहीको संयन्त्र नहुँदा क्रिकेट संघको दादागिरी

विश्व क्रिकेट खेलाडी संघ (डब्लुसीए ले यो मुद्दा उठाए पनि आइसीसीसंग सदस्य राष्ट्रलाई कारबाही गर्ने स्पष्ट संयन्त्र छैन ।
डब्लुसीएका प्रमुख टम मोफाट भन्छन्, “आइसीसीले रकम दिइसकेको भए पनि केहिले अझै बाँडेको छैन। खेलाडीहरूले डरका कारण आफ्ना अधिकारबारे बोल्न नसक्नुु चिन्ताजनक छ ।”

आइसीसीले रकम दिइसकेको भए पनि केहिले अझै बाँडेको छैन। खेलाडीहरूले डरका कारण आफ्ना अधिकारबारे बोल्न नसक्नुु चिन्ताजनक छ ।”

क्रिकेटलाई विश्वव्यापी बनाउन र एसोसिएट राष्ट्रमा टिकाइराख्न खेलाडीहरूको सुरक्षा, पारदर्शिता र पारिश्रमिक सुनिश्चित गर्नु अत्यावश्यक छ। ओमानको घटनाले देखाएको छ कि संरचना बलियो नहुँदा खेलाडीहरू अन्यायको शिकार हुन सक्छन् । के नेपाली खेलाडीहरुले पनि यस्तै समस्या त भोगीरहेका छैनन् ।?
 

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ०७:१९
प्रतिक्रिया दिनुहोस्