dosa dosa
विश्वकप लिग-२

नेपालले आज स्कटल्याण्डसंग प्रतिस्पर्धा गर्दै

आइतबार, जेठ २५, २०८२

काठमाडौं :आईसीसी विश्वकप लिग–२ अन्तर्गत जारी एक दिवसीय त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (आईतबार) आफ्नो तेस्रो खेलमा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिल मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ।

सिरिजमा अहिलेसम्म अपराजित रहेको नेपाल लगातार दुई जित निकाल्दै उच्च मनोबलमा छ र आजको खेलमा पनि तेस्रो जितको खोजीमा हुनेछ।

नेपालले सिरिजको पहिलो खेलमै घरेलु टोली स्कटल्यान्डलाई १ बल बाँकी रहँदा १ विकेटले हराएको थियो। त्यसपछि दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्समाथि ५ विकेटको सहज जित दर्ता गरेको थियो।

उता स्कटल्यान्ड भने आजको खेलमा नेपालसँग पहिलो खेलमा भोगेको हारको बदला लिने लक्ष्यमा हुनेछ। स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ४४ रनले पराजित गर्दै एक जित हासिल गरिसकेको छ। हालसम्म स्कटल्यान्डले एक जित र एक हार खेलेको छ, भने नेदरल्यान्ड्सले अझै जितको खाता खोल्न सकेको छैन।

हाल लिग–२ त्रिकोणात्मक सिरिजमा नेपालले १४ खेलमध्ये ४ जित, ८ हार र २ खेलमा अंक बाँडेर जम्मा १० अंक हासिल गर्दै तालिकाको सातौँ स्थानमा रहेको छ।

त्यसैगरी, स्कटल्यान्डले लिगका १८ खेलमध्ये १० मा जित, ६ मा हार र २ खेलमा अंक बाँडेर कुल २२ अंकसहित तालिकाको चौथो स्थानमा छ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ०५:५३
प्रतिक्रिया दिनुहोस्