yt yt
विश्वकप लिग टु

नेपालले भोली स्कटल्याण्डसंग खेल्ने

शनिबार, जेठ २४, २०८२

काठमाडौँ :आइसीसी विश्वकप लिग टु-अन्तर्गत त्रिकोणत्मक एक दिवशीय सिरिजमा नेपालले भोली स्कटल्याण्डसंग प्रतिस्पर्धा गर्ने भएको छ ।

यसअघिका दुई खेलमा लगातार जित निकालेको नेपाल घरेलुटोली विरुद्द दोस्रो तथा सिरिजमा अपराजित रहँदै तेस्रो जित निकाल्न चाहान्छ । यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार भोली दिउँसो ३ः४५ बजे स्कटल्याण्डको डुण्डेमा सुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाई ५ विकेटले हराएको थियो ।

घरेलु टोली पनि उच्च मनोवलका साथ मैदान उत्रने तयारीमा छ । पहिलो खेलमा नेपालसंग हारेपनि दोस्रो खेलमा उसले नेदरल्याण्ड्सलाई ४४ रनले हराएको थियो । जारी त्रिकोणात्मक सिरिजमा नेपाल  १० अंक सहित साँतौ स्थानमा छ ।

एक दिवशीय मान्यता जोगाउँदै विश्वकमा छनौट हुन नेपाललाई लिग टु का हरेक खेलहरु जित्नै पर्ने दबाब छ । नेपाली टोलीको जिम्मेवारी सम्हालेलगत्तै मुख्य प्रशिक्षक स्टुअर्ट ल ले सुखद् परिणाम ल्याएका छन् । 
यस्तो छ अंक तालिका :

स्थान टोली खेलेका जित हार बराबरी/रद्द अंक रन रेट पछिल्ला ५ खेल आगामी खेल
संयुक्त राज्य अमेरिका २० १४ २८ ०.७५८ 🟩🟥🟥🟩🟩 -
नेदरल्याण्ड २२ १२ २६ ०.१८९ 🟩🟩🟥🟥🟩 नेपाल विरुद्ध, स्कटल्यान्ड विरुद्ध
ओमान २० ११ २४ ०.०५७ 🟥🟥🟩🟩🟥 -
स्कटल्यान्ड १८ १० २२ ०.९८९ 🟩🟩🟥🟩🟥 नेपाल विरुद्ध, नेदरल्याण्ड विरुद्ध
क्यानाडा २० २० -०.१५८ 🟥🟥🟥🟩🟥 -
नामिबिया २० १३ १४ -०.५४४ 🟥🟥🟥🟥🟩 -
नेपाल १४ १० -०.१९१ 🟩🟥⛈🟥🟥 स्कटल्यान्ड विरुद्ध, नेदरल्याण्ड विरुद्ध
युएई (संयुक्त अरब इमिरेट्स) १६ १३ -१.२९४ 🟥🟩🟥🟥🟥 -

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  १८:१२
प्रतिक्रिया दिनुहोस्