सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी विश्वकप लिग–टु अतर्गत त्रिकोणात्मक एक दिवशीय श्रृंखलामा स्कटल्याण्डले पहिलो जित निकालेको छ ।
शुक्रवारराती सम्पन्न खेलमा घरेलु टोलीले नेदरल्याण्ड्सलाई ४४ रनले पराजित गरेको हो । जितकालागि स्कटल्याण्डले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डस् ४५ ओभरमा २१८ रनमा अलआउट भयो । उसकालागि मिचेल लेभिटले सर्वाधिक ३५ रनको योगदान गरे । रोएलफ भ्यान डेर मेर्वेले ३०,नोय क्रोले २६ रन बनाए ।
त्यसअघि घरेलु मैदान डुण्डेमा टस हारेर पहिले ब्याटिङमा तानिएको स्कटल्याण्डले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २६२ रन बनाएको थियो । उसकमालागि फिनले म्याक–क्रियाथले सर्वाधिक ८१ रनको योगदान गरे । मार्क वाटले ६० तथा सफयान शरीफले अविजित ३६ रन जोडे । जर्ज मुन्सेले २६,कप्तान रिची बेरिङ्टनले १५ तथा ब्रान्डन म्याकुलमले ९ रन जोडे ।
जीतका बाबजुत अंक तालिकामा भने कुनै परिर्वन आएको छैन । हारका बाबजुत २६ अंकको नेदरल्याण्ड्स दोस्रो स्थानमा उथाव छ । चौथो स्थानमा रहेको स्कटल्याण्डले २२ अंक बनाएको छ ।
शीर्ष स्थानमा रहेको अमेरिकाको २८ अंक छ । १० अंकको नेपाल साँतौ स्थानमा रहेको छ ।