hERO hERO

पहिलो टी–२० मा इंग्ल्याण्डले वेस्ट इन्डिजलाई हरायो

शनिबार, जेठ २४, २०८२

काठमाण्डौ:चेस्टर ली स्ट्रिटमा सम्पन्न पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा इंग्ल्याण्डले वेस्ट इन्डिजलाई २१ रनले पराजित गर्दै तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८८ रनको चुनौतीपूर्ण योगफल खडा गर्‍यो। कप्तान जोस बटलरले उत्कृष्ट प्रदर्शन गर्दै ९६ रनको महत्वपूर्ण योगदान दिए। वेस्ट इन्डिजका रोमारियो सेफार्डले दुई विकेट लिएर इंग्ल्याण्डको आक्रमणमा केही रोक लगाउने प्रयास गरे।

जवाफमा मैदान उत्रेको वेस्ट इन्डिजले पूरा २० ओभर खेल्दै ९ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो। उसका लागि इभिन लुइसले सबैभन्दा बढी ३९ रन बनाए। इंग्ल्याण्डका लियाम डसनले बलिङमा चम्किंदै चार विकेट लिए, जसले जितमा निर्णायक भूमिका खेले।

अब दोस्रो टी–२० खेल भोलि हुँदैछ भने अन्तिम खेल मङ्गलबार हुने तय छ। शृङ्खला आफ्नो पक्षमा पार्ने लक्ष्यसहित दुवै टोली दोस्रो खेलमा मैदान उत्रिनेछ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ०६:३१
प्रतिक्रिया दिनुहोस्