सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी विश्वकप लिग–टु अतर्गतको खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्ससामु २६३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
घरेलु मैदान डुण्डेमा टस हारेर पहिले ब्याटिङमा तानिएको स्कटल्याण्डले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २६२ रन बनाएको थियो । उसकमालागि फिनले म्याक–क्रियाथले सर्वाधिक ८१ रनको योगदान गरे । मार्क वाटले ६० तथा सफयान शरीफले अविजित ३६ रन जोडे । जर्ज मुन्सेले २६,कप्तान रिची बेरिङ्टनले १५ तथा ब्रान्डन म्याकुलमले ९ रन जोडे । २६३ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । पहिलो खेलमा नेपालसंग पराजित भएको दुबै टोली आज पहिलो जितको खोजिमा छ ।
जारी लिगमा २६ अंकको नेदरल्याण्ड्स दोस्रो तथा २० अंकको स्कटल्याण्ड चौथो स्थानमा रहेको छ । शीर्ष स्थानमा रहेको अमेरिकाको २८ अंक छ । १० अंकको नेपाल साँतौ स्थानमा रहेको छ ।