yt yt
आइसीसी विश्वकप लिग टु

नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हरायो

बुधबार, जेठ २१, २०८२

काठमाडौँ :आइसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणत्मक एक दिवशीय सिरिजको दोस्रो खेलमा पनि नेपाल विजयी भएको छ ।

आज भएको खेलमा नेदरल्याण्ड्सलाई ५ विकेटले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको हो । जितकालागि नेदरल्याण्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालको जीतमा आरिफ शेखले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७८ रनको योगदान गरे । ९९ बलको सामना गरेका उनले ७ चौका र २ छक्का प्रहार गरे ।  

दिपेन्द्र सिं ऐरीले अविजित ३८ तथा गुल्शन झाले ११ रन बनाए । कुशल भुर्तेलले २५ तथा कप्तान रोहित पौडेलले २३ रन बनाए । आशिफ शेखले १९ तथा भीम सार्कीले ११ रन बनाए ।

त्यसअघि स्कटल्याण्डको डन्डीस्थित फोर्थहिलमा टस जितेर ब्याटिङ थालेको नेदरल्याण्ड्स ४९.१ ओभरमा अलआउट हुँदै २२५ रनमा समेटिएको थियो । उसकालागि नोआ क्रोसले सर्वाधिक ४८ रनको योगदान गरे ।कप्तान स्कट एडवार्टसले ४६ , बिक्रमजीत सिंले ३८ , ज्याक लायन–क्याचेटले २७ रन बनाए । म्याक्स्ओ डाउड ४ तथा मिचेल लेभिट १ रनमा सेमेटिए ।

बलिङतर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशी ,करण केसी र सन्दीप लामीछानेले २–२ विकेट हात पारे । ४७.३ ओभरमा ७ विकेटको क्षतिमा २१९ रन बनाउँदा वर्षा भएपछि खेल केहिबेर रोकिएको थियो । १४ खेलखेलेको नेपालले ४ खेलमा जित निकाल्दै १० अंक जोडेको छ ।

हारका बाबजुद नेदरल्याण्ड्स २६ अंक सहित दोस्रो स्थानमा यथावत छ । २८ अंकको अमेरिका शीर्ष स्थानमा छ । नेपाल साँतौ स्थानमा छ । 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  २३:४४
प्रतिक्रिया दिनुहोस्