सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी विश्वकप लिग टु अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितकालागि २२६ रनको लक्ष्य दिएको छ ।
स्कटल्याण्डको डन्डीस्थित फोर्थहिलमा टस जितेर ब्याटिङ थालेको नेदरल्याण्ड्सले ४९.१ ओभरमा सवै विकेट गुमाएर २२५ रन मात्र बनाउन सक्यो । उसकालागि नोआ क्रोसले सर्वाधिक ४८ रनको योगदान गरे ।
कप्तान स्कट एडवार्टसले सर्वाधिक ४६ रनको योगदान गरे । बिक्रमजीत सिंले ३८ , ज्याक लायन–क्याचेटले २७ रन बनाए । म्याक्स्ओ डाउड ४ तथा मिचेल लेभिट १ रनमा सेमेटिए ।
बलिङतर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशी ,करण केसी र सन्दीप लामीछानेले २–२ विकेट हात पारे । ४७.३ ओभरमा ७ विकेटको क्षतिमा २१९ रन बनाउँदा वर्षा भएपछि खेल केहिबेर रोकिएको थियो ।
पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डबिरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको नेपाल आज दोस्रो जितको खोजीमा छ ।