सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ : आइसीसी विश्वकप लिग टु अन्तर्गत नेदरल्याण्ड्स र नेपालबीचको खेल वर्षाले प्रभाबित भएको छ ।
स्कटल्याण्डको डन्डीस्थित फोर्थहिलमा टस जितेर ब्याटिङ थालेको नेदरल्याण्ड्सले ४७.३ ओभरमा ७ विकेटको क्षतिमा २१९ रन बनाउँदा वर्षा भएपछि खेल रोकिएको हो । वर्षा अघि नेदरल्याण्ड्सका नोआ क्रोस ४६ रनमा अविजित छन् ।
कप्तान स्कट एडवार्टसले सर्वाधिक ४६ रनको योगदान गरे । बिक्रमजीत सिंले ३८ , ज्याक लायन–क्याचेटले २७ रन बनाए ।
म्याक्स्ओ डाउड ४ तथा मिचेल लेभिट १ रनमा सेमेटिए । बलिङतर्फ ललित राजवंशी ,करण केसी र सन्दीप लामीछानेले २–२ विकेट लिँदा सोमपाल कामीले एक विकेट हात पारे ।
पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डबिरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको नेपाल आज दोस्रो जितको खोजीमा छ ।