yt yt

क्यान आईसीसीको दुई बिद्याको मनोनयनमा

बुधबार, जेठ २१, २०८२

काठमाडौँ :अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रदान गर्ने ‘आईसीसी डेभलपमेन्ट अवार्ड’का लागि नेपाल क्रिकेट संघ (क्यान) दुई फरक विधामा विश्वस्तरमा मनोनीत भएको छ।

डिजिटल फ्यान इनगेजमेन्टमा एसियाली विजेता नेपाल
‘आईसीसी डिजिटल फ्यान इनगेजमेन्ट अफ दि इयर’ विधामा नेपाल एसियाली क्षेत्रीय विजेता बन्दै ग्लोबल मनोनयनमा पुगेको हो। यस विधामा नेपालसँगै अफ्रिकी क्षेत्रबाट नामिबिया, अमेरिकी क्षेत्रबाट बर्मुडा, र पूर्वी एसिया–प्रशान्त क्षेत्रबाट इन्डोनेसिया प्रतिस्पर्धामा छन्।

क्रियो फेस्टिभल विधामा पनि नेपाल विश्व मनोनयनमा
त्यसैगरी, ‘आईसीसी रेक्सोना क्रियो फेस्टिभल अफ दि इयर’ अन्तर्गत पनि नेपाल क्यानले विश्वस्तरीय मनोनयनमा स्थान बनाउन सफल भएको छ। यस विधामा तान्जानिया, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया र साउदी अरेबिया पनि मनोनयनमा परेका छन्।

गौरवको कुरा के छ भने, आईसीसीले यसअघि नै नेपाललाई ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड प्रदान गरिसकेको छ।
 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्