सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसीसी विश्वकप लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजमा अहिले नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
स्कटल्याण्डको डन्डीस्थित फोर्थहिलमा जारी खेलमा टस जितेको नेदरल्याण्डस्ले सुरुवाती ब्याटिङ गरिरहेको छ । यो समाचार तयारपार्दासम्म नेदरल्याण्ड्स्का कप्तान स्कट एडवार्टस सर्वाधिक ४६ रन बनाएर आउट भएका छन् ।
बिक्रमजित सिं ३८ ,म्याक्स्ओ डाउड ४ तथा मिचेल लेभिट १ रनमा आउट भएका छन् । कप्तान स्कट बलिङतर्फ करण केसी, सोमपाल कामी ,सन्दीप लामीछाने र ललित राजवंशीले १–१ विकेट लिए ।
नेपालको कसीलो बलिङमा नेदरल्याण्डस्का ब्याटरहरुले खुलेर खेल्न सकेका छैनन् । पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डबिरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको नेपाल आज दोस्रो जितको खोजीमा छ ।