सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाली राष्ट्रिय टोलीका भरपर्दा ब्याटर कुशल भुर्तेलले एक दिवशीय क्रिकेट वरियतामा छलाङ मारेका छन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीले आज सार्वजनिक गरेका ओडिआई ब्याटिङ वरियतामा भुर्तेलले ८ स्थान सुधार गरेका हुन् । नयाँ वरियतामा उनी ८३ औँ स्थानमा छन् । केहि दिनअघि भएको स्कटल्याण्डविरुद्दको खेलमा उनले लोभलाग्दो ब्याटिङ गर्दै ५३ रन बनाएका थिए । कप्तान रोहित पौडेलले पनि एक दिवशीय ब्याटिङमा २ स्थान सुधार गरेका छन् । नयाँ वरियतामा उनी ९२ औँ स्थानमा छन् ।
आशिफ शेखको भने वरियता खस्किएको छ । नयाँ वरियतामा उनी ८७ औँ स्थानमा छन् ।