dosa dosa

नेदरल्याण्डस्ले नेपाल विरुद्द टस जित्यो ,पहिले ब्याटिङ गर्ने

बुधबार, जेठ २१, २०८२

काठमाडौँ :स्कटल्याण्डमा जारी लिग टु अन्तर्गत नेदरल्याण्डविरुद्दको खेलमा नेपालले टस हारेको छ ।

स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल नेदरल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको हो । पहिलो खेलमा स्टकल्याण्ड विरुद्द १ विकेटको रमोञ्चक जित निकालेको नेपाल त्यहि क्रमलाई निरन्तरता दिने योजनामा छ ।

यसैबीच नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली क्रिकेट प्रशंसकहरुलाई खेल मैदानमा प्रवेश नगरिदिन आग्रह गरेको छ । जारी त्रिकोणात्मक सिरिजमा क्रममा स्कटल्याण्डविरुद्ध जित निकालेपछि नेपाली दर्शकहरु मैदानमै छिरेर विजयोत्सव मनाएको थियो । त्यसक्रममा प्रशंसकहरुले मैदानमै छिरेर खेलाडीहरुको भिडियो र सेल्फी समेत खिचेका थिए ।

क्यानले सुरक्षा र अन्तर्राष्ट्रिय खेल नियमलाई ध्यान दिनुपर्ने भन्दै मैदानमा नजान प्रशंकहरुलाई भनेको हो । क्यानले आज सामाजिक सञ्जालमार्फत एक सुचना जारी गर्दै प्रशंसकहरुको समर्थनले नेपाली क्रिकेटलाई ऊर्जा दिँदै आएको पनि बताएको छ ।

खेल भईरहेकाबेला वा खेल सकिएपछि पनि मैदानमा नजान क्यानले सबै खेलप्रेमीहरुमा अपिल गरेको हो । 
 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  १५:२५
प्रतिक्रिया दिनुहोस्