yt yt

आइपीएल फाइनल: आरसीबीले पञ्जाबलाई दियो १९१ रनको लक्ष्य

मंगलबार, जेठ २०, २०८२

काठमाण्डाै‌ँ :इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ को फाइनल खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले पञ्जाब किंग्सलाई १९१ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।
अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रन बनाएको हो।

आरसीबीका लागि ओपनर विराट कोहलीले सर्वाधिक ४३ रनको योगदान दिए। उनले ३५ बलमा ३ चौका प्रहार गरे। अर्का ओपनर फिल साल्टले १६ रन बनाएर पञ्जाबका कप्तान श्रेयस अय्यरलाई क्याच थमाए।

६ ओभरमा आरसीबीले १ विकेटको क्षतिमा ५५ रन जोडेको थियो। तेस्रो क्रममा आएका मयंक अग्रवालले २४ रन बनाए भने कप्तान रजत पाटिदारले २६ रन जोडे। लियाम लिभिङस्टोनले २५, जितेश शर्माले २४ र रोमियो सेपहार्डले १७ रनको योगदान दिए। अन्य ब्याटरहरू भने दोहोरो अंकमा पुग्न सकेनन्।

पञ्जाबका बलर अर्शदिप सिंहले अन्तिम ओभरमा सनसनीपूर्ण प्रदर्शन गर्दै ३ विकेट लिएर आरसीबीलाई १९० रनमै रोक्न सफल भए। उनले कुल ३ विकेट लिए भने काइल जेमिसनले पनि ३ विकेट लिए। अजमतुल्ला ओमरजाइ, विजय कुमार वेशक र युजवेन्द्र चहलले समान १-१ विकेट लिए।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  २२:०४
प्रतिक्रिया दिनुहोस्