yt yt

आईपीएल फाइनल आज – उपाधि जित्न आरसिबी र पन्जाब भिड्दै

मंगलबार, जेठ २०, २०८२

काठमाण्डाै‌ँ :इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को फाइनल खेल आज मंगलबार हुँदैछ।

फाइनलमा रोयल च्यालेन्जर्स बंगलोर (आरसिबी) र पन्जाब किङ्स एकअर्काविरुद्ध खेल्दैछन्।
खेल साँझ ७:४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ।

यी दुई टोली अघिल्लो चार–चार पटक फाइनल पुगेका छन्। तर अहिलेसम्म उपाधि जित्न सकेका छैनन्।
आज दुबै टिम उपाधि जित्ने पहिलो मौका खोज्दैछन्।

आरसिबीका विराट कोहलीका लागि पछिल्ला १८ महिना सफल रह्यो। उनले टी–२० विश्वकप र च्याम्पियन्स ट्रफी जितिसकेका छन्। तर आईपीएल उपाधि अझै जितेका छैनन्।
उनले आठ सिजनमा ५०० भन्दा धेरै रन बनाएका छन्। यसपटक उनको लक्ष्य टिमलाई पहिलोपटक च्याम्पियन बनाउने हो।

पन्जाब किङ्सले पनि अहिलेसम्म आईपीएल उपाधि जितेको छैन।
यो टिममा चार जना अनक्याप (अन्तर्राष्ट्रिय खेल नखेलेका) भारतीय खेलाडीको राम्रो प्रदर्शन भइरहेको छ।
कप्तान श्रेयस ऐयारको नेतृत्व, र प्रशिक्षक रिक्की पोन्टिङको अनुभवले टिम बलियो देखिएको छ।

पहिलो क्वालिफायरमा आरसिबीसँग हार खाएको पन्जाब दोस्रो क्वालिफायर जितेर फाइनलमा पुगेको हो।
अब उनीहरू आरसिबीसँगको हारको बदला लिन चाहन्छन्।

आजको खेलपछि यी दुईमध्ये एक टिमले आफ्नो पहिलो आईपीएल उपाधि जित्नेछ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ०७:३२
प्रतिक्रिया दिनुहोस्