सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरजमा स्कटल्याण्डले नेपालसामु २९७ रनको लक्ष्य दिएको छ ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको स्कटल्याण्डले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको थियो । स्कटल्याण्डकालागि चार्ली टियरले सर्बाधिक ८० रनको योगदान गरे ।
फिनले म्याकक्रियाथले ५५ तथा कप्तान रिची बेरिङ्टनले ४० रन जोडे । बलिङतर्फ सोमपाल कामी,करण केसी र रिजन ढकालले समान २/२ विकेट हात पारे । २९७ रनको लक्ष्य पछ्याएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।