सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :अस्ट्रेलियाली विस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
आगामी सन् २०२७ को विश्वकपमा आफ्नो सहभागिता सम्भव नदेखिएको उल्लेख गर्दै उनले थप अवसर नयाँ पुस्तालाई दिन आवश्यक भएको बताए । “अब समय आएको छ कि मेरो स्थानमा नयाँ खेलाडीहरूलाई मौका दिईयोस् र उनीहरूले भविष्यको योजना बनाउन सकून्,” म्याक्सवेलले भनेका छन् । ‘फाइनल वर्ड’ पोडकास्टमा बोल्दै म्याक्सवेलले सन्यासबारे खुलासा गरेका हुन् ।
सन् २०१२ मा अफगानिस्तानविरुद्ध खेल्दै उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । ३६ वर्षीय म्याक्सवेलले एक सय ४९ एकदिवसीय खेलमा तीन हजार नौ सय ९० रन बनाउनुका साथै ७७ विकेट समेत लिएका छन्।
उनको स्ट्राइक रेट १२६ रहेको छ, जुन वेस्ट इन्डिजका आन्द्रे रसेलपछि दोस्रो सर्वाधिक हो । उनले एकदिवसीय क्रिकेटमा चार शतक र २३ अर्धशतक प्रहार गरेका छन् । क्रिकेट अस्ट्रेलियाका प्रमुख टोड ग्रीनबर्गले म्याक्सवेललाई शुभकामना दिँदै भने, “एकदिवसीय ढाँचामा उनका उपलब्धिहरू अत्यन्तै प्रभावशाली छन् । अस्ट्रेलियाली क्रिकेट उनीप्रति ऋणी छ ।
हामी आशावादी छौं कि उनी अब टी–२० विश्वकप जित्ने हाम्रो लक्ष्यमा अझ बढी केन्द्रीत हुनेछन्।”आगामी वर्षको आईसीसी टी–२० विश्वकपलाई लक्षित गर्दै उनले टी–२० क्रिकेटलाई भने निरन्तरता दिने स्पष्ट पारका छन्।