सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को दोस्रो क्वालिफायर खेल आज आइतबार हुँदैछ, जहाँ पञ्जाब किंग्स र मुम्बई इन्डियन्स उपाधि भिडन्तको लागी आमनेसामने हुनेछन्।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुने यो रोमाञ्चक खेल राति पौने ८ बजे सुरु हुनेछ।
फाइनलको टिकटको लागि निर्णायक भिडन्त
आजको खेलको विजेता उपाधि भिडन्तमा रोयल च्यालेन्जर्स बैङ्लोर (आरसीबी) सँग भिड्नेछ, जुन मंगलबार राति हुनेछ। यता, पराजित टोली भने प्रतियोगिताबाट बाहिरिनेछ।
पञ्जाबको दोस्रो अवसर, मुम्बईको पुनरागमन
लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै पञ्जाबले शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको थियो, जहाँ उसले आरसीबीसँग ८ विकेटले पराजय बेहोरेको थियो। त्यसैले आजको खेल पञ्जाबका लागि फाइनल पुग्ने दोस्रो मौका हो।
उता, मुम्बई इन्डियन्सले लिग चरणमा चौथो स्थानमा रहँदै एलिमिनेटर खेल्ने अवसर पाएको थियो। एलिमिनेटरमा उसले गुजरात टाइटन्सलाई २० रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो।
अघिल्लो भेटमा पञ्जाब विजयी
लिग चरणमा यी दुई टिमबीच भएको खेलमा पञ्जाबले मुम्बईलाई ७ विकेटले पराजित गरेको थियो। त्यसै प्रदर्शनलाई दोहोर्याउने लक्ष्यमा पञ्जाब आज मैदानमा उत्रनेछ। तर, फाइनल पुग्न आतुर मुम्बई पनि आजको खेलमा कुनै कसर बाँकी राख्ने छैन।