सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
न्यु चण्डिगढ :रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को फाइनलमा स्थान बनाएको छ। पञ्जाब किंग्सलाई ८ विकेटले हराउँदै आरसिबी उपाधि नजिक पुगेको हो।
महाराज योद्धाभिन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आयोजित पहिलो क्वालिफायरमा आरसिबीले टस जितेर पहिला बलिङ रोजेको थियो। पञ्जाबले निराशाजनक प्रदर्शन गर्दै १४.१ ओभरमै सबै विकेट गुमाएर जम्मा १०१ रन मात्र बनायो।
पञ्जाबका तर्फबाट मार्कस स्टोइनिसले २६ रन बनाउँदा, प्राभसिम्रन सिंह र अज्मतुल्लाह ओमरजाइले समान १८ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। टीमले ११ रन अतिरिक्तमार्फत प्राप्त गरेको थियो।
आरसिबीका बलरहरूले शानदार प्रदर्शन गरे। सुयष शर्माले ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए। त्यस्तै जोश हेजलउडले ३.१ ओभरमा २१ रन दिएर ३ विकेट हात पारे। यश दयालले पनि २ विकेट लिए।
सानदार बलिङपछि आरसिबीको ब्याटिङ पनि प्रभावशाली रह्यो। १०.२ ओभरमै २ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै उनीहरू फाइनलमा पुगे। ओपनर फिल साल्टले मात्र २७ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अविजित ५६ रन बनाए। कप्तान रजत पाटिदार १५ रनमा अविजित रहँदा विराट कोहलीले १२ रन जोडे।
पञ्जाबका क्याल जेमिसन र मुसिर खानले समान १–१ विकेट लिए।
पञ्जाबको लागि भने अझै फाइनल पुग्ने अवसर बाँकी छ। उनीहरूले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्। इलिमिनेटर खेलमा गुजरात टाइटन्स र मुम्बई इण्डियन्स आमनेसामने हुनेछन्, जुन खेल शुक्रवार हुनेछ।