dosa dosa

पञ्जाब किंग्स १०१ रनमै समेटियो, आरसीबी फाइनल नजिक

बिहीबार, जेठ १५, २०८२

काठमाडौँ :इण्डियन प्रिमियर लिग (आइपिएल) को क्वालिफायर वानमा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बेंगलुरुलाई जितका लागि मात्र १०२ रनको लक्ष्य दिएको छ।

मुल्लानपुरको महाराजा यादवविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको पञ्जाब किंग्स १४.१ ओभरमै १०१ रनमा समेटिएको हो।

पञ्जाबका लागि मार्कस स्टोइनिसले सर्वाधिक २६ रन बनाउँदा, प्रभसिमरन सिंह र अज्मतुल्लाह ओमारजईले समान १८/१८ रनको योगदान दिए।

बलिङतर्फ आरसिबीका जोस हेजलउड, सुयस शर्मा र यश दयालले उत्कृष्ट प्रदर्शन गर्दै ३/३ विकेट लिए। रोमारियो शेफर्ड र भुवनेश्वर कुमारले १/१ विकेट झारे।

आजको खेलको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ, भने पराजित टिमले क्वालिफायर २ को विजेतासँग फाइनल प्रवेशका लागि दोस्रो मौका पाउनेछ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  २१:३६
प्रतिक्रिया दिनुहोस्