सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :बंगालादेशविरुद्को टी–२० क्रिकेटमा पाकिस्तान विजयी भएको छ ।
बुधवारराती भएको पहिलो खेलमा बंगलादेशलाई ३७ रनले हराउँदै पाकिस्तानले विजयी सुरुवात गरेको हो । जितकालागि पाकिस्तानले दिएको २०२ रनको लक्ष्य पछ्याएको बंगालादेश १९.२ ओभरमा १६४ रनमा अलआउट भयो । उसकालागि कप्तान लिटन दासले सर्वाधिक ४८ रनको योगदान गरे । जकिर अलीले ३६ तथा तान्जिन हसनले ३१ रन बनाए ।
त्यसअघि लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ थालेको घरेलु टोलीले निर्धारित ओभरमा ७ विकेट गुमाएर २०१ रन बनाएको थियो । उसकालागि कप्तान सलमान आघाले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५६ रन जोडे ।
शादब खानले ४८, हसन नवाजले ४४ तथा मोहम्मद हरिषले ३१ रन बनाए । जितसंगै पाकिस्तानले तीन खेलको श्रृंखलामा १–० को अग्रता बनाएको छ । दोस्रो खेल शुक्रवार हुनेछ ।