yt yt

आइपिएलको फाइनल पुग्न आज पञ्जाब र बेङ्गलुरु भिड्दै

बिहीबार, जेठ १५, २०८२

काठमाडौँ :इण्डियन प्रिमियर लिग आईपिएल क्रिकेटको क्वालिफायर–१ मा आज पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेङ्गलुरुबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली समय अनुसार साँझ ७:४५ बजे मुल्लानपुर क्रिकेट स्टेडियम चण्डीगढ़मा हुने खेलमा दुबै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा हुनेछ । विजेता टोली सीधै फाइनल पुग्नेछ भने पराजित टोलीले एलिमिनेटरको विजेतासँग क्वालिफायर -२ खेल्नुपर्ने छ । 

हेड टू हेड (RCB vs PBKS)
पञ्जाब किङ्स: आरसीबीलाई १८ पटक हराएको

आरसीबी: पञ्जाबलाई १७ पटक पराजित गरेको
दुबै टोलीबीच निकै कडा प्रतिस्पर्धा छ।

पिच रिपोर्ट
औसत पहिलो पारी स्कोर: १७३ रन

यस मैदानमा भएको ४ खेलमध्ये ३ पटक पहिले ब्याटिङ गर्ने टोली विजयी
बलरहरूलाई सहयोग गर्ने पिच, टस जितेपछि पहिले ब्याटिङ गर्ने सम्भावना बढी।

खेल भविष्यवाणी
हाम्रो प्रिडिक्शन अनुसार, यो खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ।

आरसीबीको जितको सम्भावना बढी देखिन्छ किनभने टोलीले लगातार ७ अवे खेल जितेको छ।
बेङ्गलुरु फेरि एकपटक मुल्लानपुरमा विजयी हुन सक्छ।

बेङ्गलुरुको सम्भावित प्लेइङ -११

  • फिल साल्ट
  • विराट कोहली
  • टिम सीफर्ट
  • रजत पाटीदार (कप्तान)
  • जितेश शर्मा (विकेटकीपर)
  • मयंक अग्रवाल
  • टिम डेविड
  • क्रुणाल पाण्ड्या
  • जोश हेजलवुड
  • भुवनेश्वर कुमार
  • यश दयाल
  • इम्प्याक्ट प्लेयर: सुयष शर्मा

पञ्जाब किङ्सको सम्भावित प्लेइङ ११

  • प्रभसिमरन सिंह
  • प्रियांश आर्य
  • जोश इंगलिस
  • श्रेयस अय्यर (कप्तान)
  • नेहाल वढेरा
  • शशांक सिंह
  • मार्कस स्टोइनिस
  • अजमतुल्लाह उमरजई
  • हरप्रीत बराड़
  • काइल जैमीसन
  • विजयकुमार विशक/युजवेंद्र चहल
  • इम्प्याक्ट प्लेयर: अर्शदीप सिंह

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०५:४९
प्रतिक्रिया दिनुहोस्