yt yt

आईपीएलमा सूर्यकुमारको कीर्तिमानी सिजन, तेन्दुलकरको १४ वर्ष पुरानो रेकर्ड भंग

मंगलबार, जेठ १३, २०८२

काठमाडौँ :आईपीएलमा पञ्जाब किङ्ससँग पराजित भए पनि सोमबारको दिन सूर्यकुमार यादवको नाममा रह्यो।

उनले मुम्बई इन्डियन्सका दुई ठूला कीर्तिमान तोडे। पहिलो, उनले एकै सिजनमा सबैभन्दा धेरै रन बनाउने मुम्बईका खेलाडी बनेर सचिन तेन्दुलकरको १४ वर्ष पुरानो रेकर्ड तोडे। दोस्रो, उनले एकै सिजनमा सबैभन्दा धेरै छक्का हान्ने मुम्बई खेलाडी बनेर सनथ जयसूर्याको कीर्तिमान पनि भंग गरे।

म्याच समरी :
जयपुरको सवाई मानसिंह स्टेडियममा भएको खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८४ रन बनायो। जवाफमा पञ्जाब किङ्सले १८.३ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो।

सूर्यकुमार यादवका कीर्तिमानहरू
१. मुम्बईको तर्फबाट एक सिजनमा सबैभन्दा धेरै रन बनाउने खेलाडी
सूर्यकुमारले हालसम्म १४ खेलमा ६४० रन बनाइसकेका छन्। यसअघि यो रेकर्ड सचिन तेन्दुलकरको नाममा थियो, जसले सन् २०१० मा ६१८ रन बनाएका थिए।

सूर्यकुमार यादव – ६४० रन (२०२५)

सचिन तेन्दुलकर – ६१८ रन (२०१०)

सूर्यकुमार यादव – ६०५ रन (२०२३)

सचिन तेन्दुलकर – ५५३ रन (२०११)

लेंडल सिमन्स – ५४० रन (२०१५)

रोहित शर्मा – ५३८ रन (२०१३)

२. आईपीएलको एक सिजनमा सबैभन्दा धेरैपटक २५+ रन बनाउने ब्याटर
सूर्यकुमारले यो सिजन १४ पटक २५ वा सोभन्दा बढी रन बनाएका छन्। यसअघि यो रेकर्ड केन विलियमसन (१३ पटक, २०१८) र शुभमन गिल (१३ पटक, २०२३) को नाममा थियो।

सूर्यकुमार यादव – १४ पटक (२०२५)

केन विलियमसन – १३ पटक (२०१८)

शुभमन गिल – १३ पटक (२०२३)

उक्त तथ्यांक अनुसार, टी-२०क्रिकेटमा पनि लगातार सबैभन्दा धेरै २५+ रन बनाउने खेलाडी अब सूर्यकुमार बनेका छन्। उनले दक्षिण अफ्रिकाका तेम्बा बावुमाको १३ पटकको कीर्तिमान तोडे।

३. मुम्बईको लागि एक सिजनमा सबैभन्दा धेरै छक्का हान्ने खेलाडी
सूर्यकुमारले हालसम्म ३२ छक्का हानीसकेका छन्। यसअघि जयसूर्याले ३१ छक्का (२००८) र ईशान किशनले ३० छक्का (२०२०) हानेका थिए।

सूर्यकुमार यादव – ३२ (२०२५)

सनथ जयसूर्या – ३१ (२००८)

ईशान किशन – ३० (२०२०)

किरोन पोलार्ड – २९ (२०१३)

हार्दिक पाण्ड्या – २९ (२०१९)

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्