yt yt

लिभरपुलको विजय जुलुमा कार घुस्दा २७ घाईते

मंगलबार, जेठ १३, २०८२

लण्डन :लिभरपुल शहर सोमबार (मे २६) को रात उत्सवमा डुबेको थियो।

प्रिमियर लिग जितेको खुसीमा लिभरपुल फुटबल क्लबका खेलाडी र स्टाफ खुला छत भएको बसमा विजय जुलुस निकालिरहेका थिए। सडक छेउमा हजारौं समर्थक उनीहरूलाई हेर्न र साथ दिन भेला भएका थिए।
तर, यो उत्सव एक्कासि त्रासदीमा परिणत भयो । जब एक तीव्र गतिमा आएको कारले भीडमा प्रवेश गरी मानिसहरूलाई ठक्कर दिँदै अगाडि बढ्यो। घटनामा २७ जना घाइते भए, जसमा ४ जना बालबालिकासमेत छन् ।

मर्सी-साइड प्रहरीले तत्काल कार चालकलाई नियन्त्रणमा लिएको छ। उनी ५३ वर्षीय बेलायती पुरुष भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीका अनुसार, यो घटना आतंकवादसँग सम्बन्धित नरहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। मर्सीसाइड प्रहरीका कांस्टेबल जेनी सिम्सले भने, “यो एक अलग प्रकृतिको घटना देखिन्छ, र यसमा अरू कसैको संलग्नता देखिएको छैन। हामी यसलाई आतंकवादी घटना मानेका छैनौं।”


प्रहरीका अनुसार यो एक सडक दुर्घटनासम्बन्धी घटना हो र हाल अनुसन्धान जारी छ। घटनासँग सम्बन्धित भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भईरहेका छन् । जसमा देखिन्छ—कालो रंगको कार भीडमा छिरेर मानिसहरूलाई किच्दै अघि बढिरहेको छ। त्यही क्रममा धेरै मानिस कारको चक्कामुनि परेका थिए ।

घटनापछि ब्रिटेनका प्रधानमन्त्री किएर स्टार्मरले एक्स मा लेख्दै भनेका छन्, “लिभरपुलका दृश्यहरू अत्यन्त डर लाग्दो छन् – यो घटनाबाट घाइते वा प्रभावित भएका सबैप्रति मेरो समवेदना छ।”


 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  ०८:३५
प्रतिक्रिया दिनुहोस्