dosa dosa

हैदराबादको सुखद् अन्त्य ,कोलकात्ता ११० रनले पराजित

सोमबार, जेठ १२, २०८२

काठमाडौं : आईपीएल २०२५ को लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबादले दमदार प्रदर्शन गर्दै कोलकाता नाइट राइडर्सलाई ११० रनले पराजित गर्दै प्रतियोगिताको सुखद समापन गरेको छ।

आइतबार राति दिल्लीमा सम्पन्न खेलमा, टस जितेर पहिले ब्याटिङ रोजेको हैदराबादले निर्धारित २० ओभरमा मात्र ३ विकेटको क्षतिमा २७८ रनको विशाल योगफल खडा गर्‍यो।

हैदराबादका तर्फबाट आक्रामक ब्याटिङ

  • हेनरिक क्लासेनले विस्फोटक शतकीय इनिङ खेले, ३९ बलमा १०५ रन बनाउँदै ७ चौका र ९ छक्का प्रहार गरे।
  • ट्राभिस हेडले पनि उत्कृष्ट प्रदर्शन गर्दै ४० बलमा ७६ रन बनाए।
  • ओपनर अभिषेक शर्माले ३२, इशान किशनले २९ र अनिकेत वर्माले १२ रनको योगदान दिए।
  • कोलकाताका सुनील नारिनले २ विकेट लिँदा, वैभव अरोराले १ विकेट लिए।

कोलकाताको कमजोर जवाफ

  • २७९ रनको विशाल लक्ष्य पछ्याउँदै कोलकाता नाइट राइडर्स १८.४ ओभरमै १६८ रनमा अलआउट भयो।
  • मनीष पाण्डेले २३ बलमा २ चौका र ३ छक्का सहित ३७ रन बनाए।
  • हर्षित राणाले ३४ तथा सुनील नारिनले १६ बलमा तीन चौका र तीन छक्कासहित ३१ रन जोडे।
  • हैदराबादका इसान मालिंगा, हर्ष दुवे, र जयदेव उनदकटले समान ३-३ विकेट लिएर कोलकाताको पारी ध्वस्त पारे।

अंकतालिका स्थिति
यस जितसँगै हैदराबादले १३ अंक जोड्दै छैटौँ स्थानमा उक्लिएको छ भने, कोलकाता १२ अंकसहित आठौँ स्थानमा झरेको छ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ०५:२८
प्रतिक्रिया दिनुहोस्