सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स,चेन्नई सुपर किंग्ससंग स्तब्ध बनेको छ ।
आज भएको खेलमा गुजरात चेन्नाईसंग ८३ रनले पराजित भएको हो । जितकालागि चेन्नाईले दिएको २३१ रनको लक्ष्य पछ्याएको गुजरात १८.३ ओभरमा १४७ रनमा अलआउट हुन पुग्यो । गुजरातका ओपनर साई सुदर्शनले सर्वाधिक ४१ रन जोडे ।
अर्शद खानले २० तथा शाहरुख खानले १९ रन बनाएपनि अन्य कुनै पनि ब्याटरले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् । गुजरातलाई सस्तैमा समेट्ने क्रममा नूर अहमद र अंशुल कम्बोजले ३–३ विकेट लिदाँ रविन्द्र जडेजाले दुई विकेट हात पारे ।
त्यसअघि अहमदाबादको नरेन्द्र मोदी रंगशालामा टस जितेर पहिले ब्याटिङ थालेको चेन्नइले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २३० रन बनाएको थियो। रविन्द्र जडेजा २१ रन बनाएर अविजित रहे। जबकि डेवाल्ड ब्रेभिसले २३ बलमा ५७ रनको इनिङ खेले।
डेभन कोनवे (५२) ले पनि अर्धशतक बनाए। ओपनर आयुष म्हात्रेले ३४ र उर्विल पटेलले ३७ रन बनाए। प्रसिद्ध कृष्णले दुई विकेट लिए । पराजित भएपनि गुजरात १८ अंक सहति शीर्ष स्थानमा छ ।