dosa dosa

खेतको गह्राबाट सुरु भएको पाँचपोखरी टि-२० क्रिकेट यसपटक टियु क्रिकेट रङ्गशालामा  

आइतबार, जेठ ११, २०८२

सिन्धुपाल्चोक : जिल्लास्तरीय पाँचपोखरी टि-२० क्रिकेट प्रतियोगिताको सातौं संस्करण टियु क्रिकेट रङ्गशालामा हुने भएको छ ।
 सुरुवाती तिन वर्ष पाँचपोखरी थाङपाल गाउँपालिकाकै विभिन्न स्थानका खेतको गह्राहरूबाट खेल्न सुरु भएको प्रतियोगिताले सातौं संस्करण सम्म आइपुग्दा अन्तर्राष्ट्रिय मैदान साम्मको यात्रा तय गरेको हो । 

यो जिल्लाका क्रीकेट अभियानताहरुको अथक प्रयासले सम्भव भएको जिल्ला क्रीकेट संघका सचिव अजय धितालको भनाई छ । साथै प्रतियोगिता आयोजना, कोच तालिम, अम्पायर कोर्सको लागि काठमाडौ जिल्ला क्रीकेट संघ सङ सहकार्य, भारतमा खेलाडीको लागि हाइलेभल तालिम लगायत जिल्ला क्रीकेट संघले लामो समयदेखि जिल्लामा बिभिन्न क्रीकेट गतिविधिहरु गरिरहेकोले नेपाल क्रीकेट संघले सिन्धुपाल्चोक जिल्लालाई मान्यता दिनेमा आशावादी रहेको सचिव धितालले बताए । 

पछिल्लो ३ संस्करणहरू मूलपानीमा रहेको क्रिकेट रङ्गशालामा हुने गरेकोमा यसपटक भने त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गर्न लागेको हो। 

प्रतियोगिता जेठ २७ गतेदेखि अषाढ २ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । पाँचपोखरी थाङपाल गाउँपालिका, गाउँपालिका खेलकुद विकास समिति तथा सिन्धुपाल्चोक क्रिकेट सङ्घ को आयोजनामाहुने प्रतियोगितामा सहभागिताको लागि टिम दर्ता आह्वान पनि गरिएको छ। 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्