dosa dosa

महिला साफ च्याम्पियनशिप नेपालमा हुने

शनिबार, जेठ १०, २०८२

काठमाडौँ :महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ ।

दक्षिण एसियाली फुटबल महासंघको आज काठमाडौँमा बसेको बैठकले आगामी नोभेम्बरमा हुने प्रतियोगिता आयोजनाको जिम्मा नेपाललाई दिने निर्णय गरेको हो । बैठकले १७ बर्ष मुनिको महिला च्याम्पियनशिप भुटान र श्रीलांकामा गर्ने निर्णय पनि गरेको छ ।  दक्षिण एसियाली फुटबल महासंघका अध्यक्ष काजी मोहम्मद सलाहुद्दीनले साफका सदस्य संघहरूको एकताको प्रशंसा गर्दै  फुटबलको विकासका लागि काम गरिरहने प्रतिबद्धता जनाएका छन् । 

अध्यक्ष सालाहुद्दिनले क्षेत्रीय एकताको प्रसंसा गरे। उनले भने, “हामी विभिन्न देश र संस्कृतिबाट आएका हौं, तर हामी एउटै लक्ष्यमा एकताबद्ध छौं – फुटबलको विकास। यही विविधता हाम्रो बलियो पक्ष हो।”

त्यसअघि सोही दिन सम्पन्न साफ कार्यकारी समितिको बैठकले संगठनका विभिन्न नीतिहरू अनुमोदन गर्नुका साथै ‘साफ सेफगार्डिङ नीति’ पनि पारित गरेको थियो। बालबालिकाको सुरक्षालाई ध्यानमा राखी तयार गरिएको सो नीति अब सबै सदस्य राष्ट्रहरूमा कार्यान्वयनमा ल्याइने छ।

बैठकले तीन वटा उमेर समूहका आगामी साफ प्रतियोगिताहरूको आयोजना  गर्ने जिम्मा निम्न देशहरुलाइ दिने निर्णय गरेका छ :

-साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ सेप्टेम्बरमा भूटानमा

-साफ यू-१७ च्याम्पियनसिप २०२५ अक्टोबरमा श्रीलंकामा

-साफ महिला क्लब च्याम्पियनसिप २०२५ नोभेम्बरमा नेपालमा आयोजना हुने छन्।

साफ अध्यक्ष सालाहुद्दिनले सम्पूर्ण सदस्य राष्ट्रहरूलाई आगामी दिनहरूमा अझ समर्पित भएर काम गर्न आग्रह गर्दै फुटबलमार्फत सम्पूर्ण क्षेत्रको समुन्नत भविष्य निर्माण गर्न सकिने विश्वास व्यक्त गरे। बैठकबाट भुटान फुटबल महासंघकी जिम्बिरी महिला कार्यकारी सदस्यमा निर्विरोध निर्वाचित भएकी छन् । 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  २०:०६
प्रतिक्रिया दिनुहोस्